जनकपुर बोल्टलाई टेक्नोले चीन भ्रमणमा लैजाने
काठमाडौं । मोबाइल निर्माता कम्पनी टेक्नोले नेपाल प्रिमियर लिग (एनपीएल) को टिम जनकपुर बोल्टलाई चीन भ्रमणमा लैजाने भएको छ । टिमको गोल्ड पार्टनर रहेको उक्त कम्पनीले लगातार जीत हासिल गरिरहेको टिमको उत्साहलाई बढाउन यस्तो योजना बनाएको हो ।
टेक्नोले जनकपुर बोल्टसँगै विभिन्न अवरोधहरू सामना गरी अवसरहरूको सिर्जना गर्ने र क्रिकेटसँगै च्याम्पियनहरूको अर्को पुस्तालाई सशक्त बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
जारी एनपीएलमा लगातार ४ खेलमा जीत निकालेको जनकपुर एकमात्र अविजित टोलीको रूपमा रहेको छ । आइतबारको खेलमा जनकपुर बोल्टले लुम्बिनी लायन्स विरुद्ध १ रनको रोमाञ्चक जीत निकालेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९