लुम्बिनीको लगातार चौथो हार, जनकपुर १ रनले विजयी

भक्तपुर न्यूज

२३ मंसिर २०८१ १२:२५

लुम्बिनीको लगातार चौथो हार, जनकपुर १ रनले विजयी

काठमाडौं । हर्श थाकरले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि जनकपुर रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ । थाकरले अन्तिम बलमा सन्दिप जोरालाई आउट गरेपछि जनकपुरले रोमाञ्चक जित हात पारेको हो ।

जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो । लिगमा जनकपुरको यो लगातार चौथो जित हो । ४ खेलबाट ८ अंक जोडेर जनकपुर शीर्ष स्थानमा उक्लेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *