पोखराविरुद्ध लुम्बिनीका कप्तान रोहितको अर्धशतक
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल अर्धशतक प्रहार गरेका छन् ।
रोहितले ३३ बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले ७ चौका र १ छक्का प्रहार गरे । एनपीएलमा उनको यो पहिलो अर्धशतक पनि हो । जारी खेलमा टस जितेर लुम्बिनीले पहिले ब्याटिङ रोजेको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
