सुनको मूल्य घट्दा चाँदीको बढ्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज सुनको मूल्य तोलामा ६ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ६ सयले घटेर प्रतितोला एक लाख ५० हजार १०० मा कारोबार भइरहेको छ ।
यस अघि विहिबार तोलामा एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मुल्य भने बढेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १८९० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
