सुनको मूल्य घट्दा चाँदीको बढ्यो

भक्तपुर न्यूज

२१ मंसिर २०८१ ११:१५

सुनको मूल्य घट्दा चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज सुनको मूल्य तोलामा ६ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ६ सयले घटेर प्रतितोला एक लाख ५० हजार १०० मा कारोबार भइरहेको छ ।

यस अघि विहिबार तोलामा एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मुल्य भने बढेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १८९० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *