बोपाराको अर्धशतकमा चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य

भक्तपुर न्यूज

२१ मंसिर २०८१ ११:०१

बोपाराको अर्धशतकमा चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य

काठमाडौं । रवि बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ । बोपाराले ४० बल खेल्दै ७ चौका र१ छक्का प्रहार गर्दै अविजित ५९ रन बनाए ।

टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले बोपाराको अविजित ५९ रन मद्दतमा ७ विकेट गुमाए र१३० रन बनाएको हो । कप्तान कुशल मल्लले २३ र विपिन रावलले ११ रन जोडे । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा कर्णाली याक्सका युवा बलर विपिन प्रसाद शर्माले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २१ रन खर्चिए । जिसान मक्सुले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *