जनकपुर बोल्ट्सको लगातार तेस्रो जित

भक्तपुर न्यूज

२० मंसिर २०८१ १२:५७

जनकपुर बोल्ट्सको लगातार तेस्रो जित

काठमाडौं । जिमी नीशमको अलराउण्ड प्रदर्शनमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित हात पारेको छ ।

जनकपुरले बिहीबार पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो । लाहिरु मिलान्थाको ४५ रन तथा नीशमको अविजित ४० रन मदतमा १३८ रनको लक्ष्य जनकपुरले १७.१ ओभर खेल्दै १४३ रन बनाएर पूरा गरेको हो ।

मिलान्थाले ३२ बल खेल्दै ८ चौका मद्तमा सर्वाधिक ४५ रन बनाए । यस्तै नीशमले २० बल खेल्द ५ छक्का मदतमा अविजित ४० रन जोडे । आसिफ शेखले ३४ बलमा ३३ रन बनाए । हर्श थाकरले १३ रन जो८ । कप्तान अनिल शाह १ रनमा आउट भए ।

पोखराका लागि विपिन खत्री, कुशल भुर्तेल र माइकल लिस्कले समान १ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनाएको थियो । पोखराका लागि म्याट क्रिटलेले ३० बल खेल्दै ३ चौका र १ छक्का मद्तमा सर्वाधिक ३५ रन बनाए ।

माइकल लिस्कले २५, आन्द्रेस गौसले २० तथा रेमोन रेइफरले १७ रन जोडे । बलिङमा जनकपुरका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा ३१ रन खर्चिए । जिमी नीशमले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । किफायती बलिङ गरेका मोहमम्द मोहसिनले ४ ओभरमा १ मेडन राख्दै १७ रन रख्चर १ विकेट लिए । किशोर महतोले पनि १ विकेट लिए । उनले ४ ओभरमा ३२ रन खर्चिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *