इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड आर्सनलसँग पराजित
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड आर्सनलसँग पराजित भएको छ । बुधबार राति घरेलु मैदान इमिरेट्स रंगशालामा भएको खेलमा आर्सनलले युनाइटेडलाई २–० गोलअन्तरले हराएको हो ।
खेलको ५४ औँ मिनेटमा जुलियन डिम्बरले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यसपछि ७३ औँ मिनेटमा विलियम साइबाले गोल गर्दै जित सुनिश्चित गरे । यससँगै आर्सनल १४ खेलमा २८ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । उ दोस्रो स्थानको चेल्सीभन्दा गोलअन्तरले मात्र पछि छ ।
लिगको शीर्ष स्थानमा भने ३५ अंकसहित लिभरपुल छ । पराजित युनाइटेड भने १४ खेलबाट १९ अंकसहित लिगको ११ औँ स्थानमा छ । युनाइटेड आधुनिक प्रिमियर लिगको सर्वाधिक विजेता टोली हो । उसले १३ वटा उपाधि जितेको छ । तर पछिल्लो एक दशक भने युनाइटेड खस्किएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९