पञ्जाबका पूर्वउपमुख्यमन्त्रीमाथि गोली प्रहार

भक्तपुर न्यूज

१९ मंसिर २०८१ १२:०९

पञ्जाबका पूर्वउपमुख्यमन्त्रीमाथि गोली प्रहार

काठमाडौं । भारतको पञ्जाबका पूर्वउपमुख्यमन्त्री एवं शिरोमणि अकाली दलका अध्यक्ष सखुवीर सिंह बादलमाथि गोली प्रहार भएको छ । भारतको अमृतसरस्थित स्वर्ण मन्दिरको प्रवेशद्वारमा पूर्वलोकसभा सदस्य समेत रहेका बादलमाथि बुधबार बिहान गोली प्रहार भएको हो ।

उनीमाथि आक्रमण भएको घटनाको भिडियोमा एक वृद्ध व्यक्ति उनीतर्फ अघि बढेको देखिन्छ । त्यसपछि पेस्तोल निकालेर फायर गरेको देखिएको छ । बादलसँग भएका अन्य व्यक्तिले ती वृद्धिलाई समातेको बताइएको छ । उनलाई नलागी मन्दिरको भित्तामा गोली लागेको छ ।

आक्रमणकारीबाट पेस्तोल बरामद गरिएको छ । घटनालगत्तै सुरक्षाकर्मीले बादललाई घेरा हालेर सुरक्षा दिएका थिए । आक्रमणकारीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *