धवनको अर्धशतकमा कर्णालीद्वारा काठमाडौंलाई १५० रनको लक्ष्य

भक्तपुर न्यूज

१९ मंसिर २०८१ १२:०३

धवनको अर्धशतकमा कर्णालीद्वारा काठमाडौंलाई १५० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमाडौं गुर्खाज र कर्णाली याक्सको खेल जारी रहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले काठमाडौंसामू १ सय ५० रनको लक्ष्य दिएको छ ।

कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनायो । कर्णालीका ओपनर शिखर धवनले ७२ रनको अर्धशतकीय पारी खेले । एनपीएलमा धवनको यो पहिलो अर्धशतक हो । यस्तै, चाल्डिक वाल्टनले २१, जिशान मक्सुद १४, बाबर हायत १३ तथा गुलशन झाले १२ रन जोडे ।

काठमाडौंका लागि जेहार्ड एरास्मसले २ तथा नाथन स्वटर, दीपेश कँडेल र करण केसीले एक–एक विकेट लिए । यसअघि एकएक खेल खेलेका कर्णाली र काठमाडौं दुवै टिम जितबिहीन छन्। दुवै टोली पहिलो जितको खोजीमा छन्।

कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित हुँदा काठमाडौं पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *