कर्णालीविरुद्ध अनिलको अर्धशतक पूरा
काठमाडौं । जनकपुर बोल्ट्सका क्यापटेन अनिल शाहले अर्धशतका प्रहार गरेका छन् । कीर्तिपुर मैदानमा जारी कर्णाली याक्सविरुद्धको खेलमा उनले ३६ बलमा ५३ रन प्रहार गरेका हुन् ।
अर्धशतक प्रहार गर्दा अनिलले २ छक्का र ६ चौका प्रहार गरेका हुन् । उनको अर्धशतकसँगै जनकपुर जित नजिक पुगेको छ । यस टिमले १३ ओभरमा २ विकेटको क्षतिमा ११७ रन बनाएको छ । जनकरपुरले कर्णालीले दिएको १४२ रनको लक्ष्य पछ्याएको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
