भक्तपुरकोमा रकमेनिया लाउडेस्ट इभेन्ट इन हुने
भक्तपुर । यही मंसिर २२ गते भक्तपुरको सल्लाघारी चौरमा एम ई एम इन्टरटेन्मेन्टले रकमेनिया लाउडेस्ट इभेन्ट इन भक्तपुर सुरु गर्ने भएको छ ।
कला संस्कृतीको शहर भक्तपुरमा उक्त इमेन्ट आयोजन गर्न लागिएको इभेन्ट आयोजक रोजिन मिश्रले जानकारी दिए ।
इभेन्टमा मुख्य व्यान्ड मन्त्र व्यान्ड जुन दार्जिलिङ्गबाट आउँने छ भने काठमाडौंबाट एमटियटयटफोयट र भक्तपुरबाट द सर्माैन नेपाल आफ्नो प्रस्तुती दिने मिश्रले जानकारी बताए । त्यस्तै लोकल व्यान्डमा इको ब्लुम, चक्रभिउ, द आइकोन व्यान्ड, डिभाइन सोल र जेन्सिस व्यान्डको समेत प्रस्तुती रहेन उनले बताए । लामो समयदेखि इभेन्टको आयोजना गर्दै बताउँदै मिश्रले भने हालसम्म १२ वटा इभेन्ट सम्मपन्न गरिएको र यो लाउडेस्ट इभेन्ट गर्न लागिएको हो ।
एम ई एम इन्टरटेन्मेन्टका फाउण्डर लोकसाङ लामाले रकमेनिया लाउडेस्ड इभेन्टमा करिब ५ हजार भन्दा बढी सहभागिताको अपेक्षा रहेको यस कन्सर्टले नेपालको रक इन्डस्ट्रिजलाई अझ उच्चस्तरमा लैजाने र जति पनि प्ल्याटफम नपाएका लोकल तथा नयाँ व्यान्डहरु छन् उनीहरुलाई प्रमोट गर्ने उद्देश्य रहेको बताए ।
इभेन्टबाट भएको आम्दानीको २० प्रतिशत क्यान्सर पिडित तामाङ इन्डस्ट्रिकी गायिका इन्दिरा गोले गुरुङ्गलाई सहयोग गर्ने निर्णय गरिएको आयोजक मिश्रल बताए ।
इभेन्टका टिकेट पार्टनर टिकेट संजालका संचालक अंकित पाण्डेले यस कन्सर्टको बारेमा र अनलाइन टिकट बुक गर्न धधध। तष्अपभतकबलवब।िअयm मार्फत थाहा पाउन सक्ने बताए ।