एसिसी यु–१९ एसिया कप : आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । संयुक्त अरब इमिरेट्समा हुने प्रतियोगिताको पहिलो खेल नेपाली समय अनुसार अहिले बिहान १०:४५ बजेदेखि शारजहास्थित शारजहा क्रिकेट रंगशालामा सुरु हुनेछ ।
आठ देश सहभागी एसिया कपमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन्। समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान रहेका छन् ।
नेपालले दोस्रो खेल मंसिर १६ गते आइतबार बंगलादेशसँग खेल्ने छ भने समूह चरणको अन्तिम खेलमा नेपालले मंसिर १८ गते मंगलबार अफगानिस्तानसँग खेल्ने छ। सेमिफाइनल मङ्सिर २१ र फाइनल खेल २३ गते हुँदैछ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६
कान्ति लोकपथ एकतर्फी सञ्चालन
८ जेठ २०८२ १५:५४