फिफा वरीयतामा नेपालले एक स्थान सुधार
काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) को वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । फिफाले हालै सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १७५ औँ स्थानमा रहेको छ । यसअघि नेपाल १७६ औँ स्थानमा थियो । यसै महिना भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्थानलाई २–० गोलअन्तरले हराएको थियो । यहीँबाट नेपालको वरीयता सुधार भएको हो ।
नेपालसँग पराजित भएको अफगानिस्तान भने चार स्थान खस्किएर १५५ औँ स्थानमा पुगेको छ । यस्तै भारत पनि दुई स्थान खस्किएको छ । उसको वरीयता १२७ हो । यसका बीच भारत दक्षिण एसियाली क्षेत्रमा शीर्ष स्थानमै छ । यसैगरी एक स्थान खस्किएको माल्दिभ्स १६२ औँ स्थानमा छ । वरीयताको १८२ औँ स्थानमा रहेको भुटान, १८५ मा रहेको बंगलादेश र १९८ मा रहेको पाकिस्तानको भने यथास्थितिमा छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६
कान्ति लोकपथ एकतर्फी सञ्चालन
८ जेठ २०८२ १५:५४