इङ्ग्ल्यान्डका अलराउन्डर बेन माइक जनकपुर बोल्ट्समा

भक्तपुर न्यूज

१२ मंसिर २०८१ ११:५३

इङ्ग्ल्यान्डका अलराउन्डर बेन माइक जनकपुर बोल्ट्समा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सले इङ्ग्ल्यान्डका अलराउन्डर बेन माइकलाई अनुबन्ध गरेको छ । बुधबार जनकपुरले माइकलाई टोलीमा अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

२६ वर्षिय बलिङ अलराउण्डर माइकले कुल ६७ टी-२० खेलमा ५७ विकेट तथा ६ सय ६९ रन बनाएका छन् । यसअघि जनकपुरले अमेरिकाका जोशुवा ट्रम्प, मोहम्मद मोहसिन र लाहिरु मिलन्था, न्युजिल्याण्डका जिमी निशम र पाकिस्तानका अलराउन्डर सोयब मक्सुदलाई अनुबन्ध गरेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटर आसिफ शेख मार्की खेलाडी छन् । पुबुदु दासानायके भने मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् । एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ । उद्घाटन खेलमा जनकपुर र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।

जनकपुर बोल्ट्स :

आसिफ शेख, अनिलकुमार शाह, किशोर महतो शेर मल्ल, हेमन्त धामी, आकाश त्रिपाठी, ललितनारायण राजवंशी, रुपेश सिंह, अरनिको यादव, शुभ कशांकार, तुल बहादुर थापा, जिमी निशम, जोशुवा ट्रम्प, मोहम्मद मोहसिन, लाहिरु मिलन्था, सोयब मक्सद र बेन माइक।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *