लाइफ इन्स्योरेन्स कर्पोरेशनको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

भक्तपुर न्यूज

१२ मंसिर २०८१ ११:३२

लाइफ इन्स्योरेन्स कर्पोरेशनको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले आज (बुधबार) देखि हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ८८.४५१६८ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो।

कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासन गरेको हो। उक्त हकप्रद निष्कासन प्रयोजनको लागि कम्पनीले कात्तिक ९ गते बुक क्लोज गरेको छ।

यस अनुसार कात्तिक ८ गतेसम्म कायम सेयरधनीहरूले उक्त हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। सो हकप्रद सेयरमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ ए प्लस’ प्रदान गरेको छ। यसले कम्पनी समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको जनाउँछ।

उक्त हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैंकिङले गरेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), स्टार मल, पुतलीसडक, काठमाडौं तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *