चितवन राइनोजमा अनुबन्ध भएका डे लाङले एनपीएल नखेल्ने

भक्तपुर न्यूज

११ मंसिर २०८१ १२:१३

चितवन राइनोजमा अनुबन्ध भएका डे लाङले एनपीएल नखेल्ने

काठमाडौं । दक्षिण अफ्रिकाका तीव्रगतिका बलर मर्चेन्ट डी लाङ्गले नेपाल प्रिमियर लिग (एनपीएल) नखेल्ने भएका छन्। चितवन राइजनोजमा अनुबन्ध भएका उनी चोटका कारण खेलमा उपस्थिति हुन नसक्ने चितवन राइनजोले जानकारी दिएको हो।

प्रशिक्षणको क्रममा उनलाई खुट्टाको मांसपेशीमा चोट लागेको हो। चोट निको हुन तीनदेखि चार साता लाग्ने बताइएको छ। चितवनका मार्की खेलाडीको रुपमा कुशल्ल मल्ल रहेका छन्। पहिलो संस्करणकको नेपाल प्रिमियर लिग आउँदो शनिबारबाट सुरु हुँदै छ। कूल ८ टोलीले त्रिवि क्रिकेट मैदानमा खेल्ने छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *