परराष्ट्रमन्त्री आरजु राणा मङ्सिर १३ गते चीन जाने
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा मङ्सिर १३ गते चीन जाने भएकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि उनी ५ दिन अगावै चीन जान लागेकी हुन।
प्रधानमन्त्री ओली १७ मङ्सिरमा चार दिने भ्रमणका लागि उत्तरी छिमेकी मुलुक चीन जान लागेका हुन्। मुख्यतया: चीनको ठुला परियोजना बिआरआई कार्यान्वयन सम्झौता गर्ने विषयमा कांग्रेस–एमालेबिच विवाद कायमै रहेको बेला त्यसको पृष्ठभूमि तयारीका लागि परराष्ट्र मन्त्री पाँच दिन अगावै चीन जान लागेको बुझिएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
