इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज दुई वटा खेल हुँदै

भक्तपुर न्यूज

९ मंसिर २०८१ १२:२८

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज दुई वटा खेल हुँदै

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज शीर्ष स्थानको लिभरपुल र पुछारको साउथह्याम्पटनबीच नेपाली समयअनुसार राति पौने आठ बजे खेल हुनेछ । अङ्कतालिकामा लिभरपुल ११ खेलमा २८ अङ्कका साथ शीर्ष र साउथह्याम्पटन समान खेलमा चार अङ्कका साथ पुछारमा छ ।

त्यस्तै आजको अर्को खेल राति सवा १० बजे म्यानचेस्टर युनाईटेड र इपस्वीच टाउनबीच हुनेछ । युनाइटेड ११ खेलमा १५ अङ्कसहित बाह्रौं स्थानमा र इपस्वीच टाउन समान ११ खेलमा आठ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ ।

गएराति भएको खेलमा साविक विजेता म्यानचेस्टर सीटी टोटनहमसँग चार गोलले पराजित भयो । चेल्सी, आर्सनल र ब्राइटन विजयी भएका छन् । सीटी १२ खेलमा २३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । समान १२ खेलमा २२ अङ्कसहित चेल्सी तेस्रो, आर्सनल चौथो र ब्राइटन पाँचौ स्थानमा रहेको छ । सीटीलाई हराएको टोटनहम १९ अङ्कसहित छैटौँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *