माल्दिभ्समा रजत पदक जित्ने मुलगुठीलाई सूर्यबिनायक नगरपालिकाले गर्यो सम्मान

भक्तपुर न्यूज

६ मंसिर २०८१ १२:५७

माल्दिभ्समा रजत पदक जित्ने मुलगुठीलाई सूर्यबिनायक नगरपालिकाले गर्यो सम्मान

भक्तपुर । माल्दिभ्समा सम्पन्न १५ औं विश्व बडीबिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिपमा रजत पदक जितेकी सनम मुलगुठी गृहनगर सूर्यविनायकमा सम्मानित भएकी छन् ।

यही ५ देखि ११ नोभेम्बरमा माल्दिभ्समा भएको प्रतियोगितामा महिला वान पिस स्विमसुटमा रजत पदक जितेकी मुलगुठीलाई सूर्यविनायक नगरपालिकाले बुधबार नगद ९९ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

मुलगुठीलाई नगरका मेयर बासुदेव थापाले सम्मान गरेका हुन् । सो अवसरमा बोल्दै मेयर थापाले बडीबिल्डिङको विश्व च्याम्पियनसिपमा रजत पदक जितेर उनले सूर्यविनायक र नेपालको नाम विश्वभर फैलाएको जनाउँदै यसले अन्य खेलाडीलाई पनि उत्साहित बनाएको बताए ।

नगरपालिकाले आफूलाई सम्मान गरेकोमा खुशी व्यक्त गर्दै मुलगुठीले अझै जिम्मेवारी बढेको बताइन् । उनले अन्तर्राष्ट्रिय मैदानमा सफलता पाउनु आफ्ना लागि खुशी कुरा भएको बताउँदै आगामी दिनमा खेलाडीलाई उत्साह दिने कुरामा नगरपालिकाको निरन्तर ध्यान जानेमा आफू विश्वस्त रहेको बताइन् ।

सनमले गत वर्ष काठमाडौंमै भएको ५५ औं एसियन बडीबिल्डिङ तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् ।

माल्दिभ्समा भएको प्रतियोगिताको नेपालका लागि विभिन्न तौल समूह र विधामा मुलगुठीसहित रुजेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्यले रजत पदक जितेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *