कुमारी बैंकको १ लाख ३१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंकले १ लाख ३१ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्ने बैंकले जनाएको छ । सेयर मूल्य भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनुपर्नेछ । तोकिएको समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
