फेरि बढ्न थाल्यो सुनको मूल्य, तोलाको १ लाख ६३ हजार रुपैयाँ पुग्यो
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। मंगलबार प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला नौ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
बुधबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा पाँच रूपैयाँ घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा झरेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
