फिफा वरीयतामा सबैभन्दा तल रहेको सान मारिनोले रच्यो इतिहास

भक्तपुर न्यूज

४ मंसिर २०८१ १३:५५

फिफा वरीयतामा सबैभन्दा तल रहेको सान मारिनोले रच्यो इतिहास

काठमाडौं । विश्वको सबैभन्दा तल्लो वरीयतामा रहेको टोली सान मारिनोले इतिहास रचेको छ।

इतिहासमा पहिलो अवे जित निकाल्दै युरोपियन राष्ट्र सान मारिनो युइएफए नेसन्स लिगको समूह डी-१ को शीर्ष टोली बन्न सफल भयो। चार खेलबाट ७ अंक जोडेसँगै सान मारिनो नेसन्स लिगको तेस्रो तहमा बढुवा भएको छ।

सान मारिनोले इतिहास रच्ने क्रममा सोमबार लिक्टेन्सटाइनविरुद्ध ३-१ गोलको जित निकालेको हो।

सान मारिनोले प्रतिस्पर्धात्मक खेलमा एकभन्दा बढी गोल गरेको यो पहिलो पटक हो। यस्तै उसले कुनै पनि खेलमा तीन गोल गरेको पनि यो पहिलो पटक हो।

यसअघि उसले फुटबल इतिहासमा दुई जित मात्र निकालेको थियो। अघिल्लो दुवै दुई जित लिक्टेन्सटाइनविरुद्ध नै थिए। २००४ को मैत्रीपूर्ण तथा गत सेप्टेम्बरमा नेसन्स लिगमा सान मारिनोले समान १-० गोलको जित निकालेको थियो। ती दुवै जित घरेलु मैदानमा थियो। यसपटक भने उसले अवे खेलमा पहिलो जित निकालेको हो।

फिफाको विश्व वरीयतामा २१०औँ स्थानमा रहेको यो देशले खेलेका २११ खेलमध्ये १९९ खेलमा हार बेहोरेको छ। सान मारिनोले सात खेलमा १० वा सो भन्दाबढी गोल खाएको छ।

Laxmi bank
रोबर्टो सेभोली गत वर्ष सान मारिनोको प्रशिक्षक बनेका थिए। प्रशिक्षक बन्नुअघि उनले इटालीको तल्लो डिभिजनको लिग खेल्ने टोलीको प्रशिक्षक भएर काम गरेका थिए। उनी सान मारिनोक प्रशिक्षक बनेसँगै टोलीले १० खेलमा २ जित निकालेको छ।

समोबार जित निकालेसँगै इटालीले घेरिएको युरोपको भूपरिवेष्ठित राष्ट्र सान मारियोले खेलमा पछि परेको स्थिति उल्टाउँदै पहिलो जित निकाल्न सफल भयो।

Ncell
यता २००औं वरीयतामा रहेको लिक्टेन्सटाइनले ४० मिनेटमा सेलेको गोलबाट अग्रता लिएको थियो। तर दोस्रो हाफमा सान मारिनोले तीन गोल गर्‍यो।४६ मिनेटमा लाजरीले बराबरी गोल फर्काएका थिए।

निकोला नान्नीले ६६ मिनेटमा पेनाल्टीमा गोल गरेपछि सान मारिनोले अग्रता लिएको थियो। एलेसान्ड्रो गोलिनुचीले ७६ मिनेटमा १० यार्डबाट गोल गर्दा उसले ऐतिहासिक जित सुनिश्चित गर्‍यो।

खेलको अन्तिम सिठ्ठी बजेपछि सान मारिनोको बेन्चमा रहेका उत्सव मनाउन खेलाडीहरु मैदानमा दौडिएका थिए। यस्तै मैदानमा रहेका केही समर्थकले पनि ठूलो उत्सव बनाएका थिए।

सान मारिनो फुटबल संघका अध्यक्ष मार्को टुराले जितपछि भनेका छन्, ‘खेलाडीहरूले आज राति इतिहास रचे। जितसँगै म खेलाडीसँगै रोएँ।’

सान मारिनोले समूहमा जिब्राल्टरभन्दा एक अंक बढी ७ अंक जोड्दै शीर्ष स्थान पक्का गर्‍यो। यसअघि नन्नीको इन्जुरी-टाइम पेनाल्टी गोलमा उनीहरुले जिब्राल्टरसँग गत शुक्रबार १-१ को बराबरी खेलेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *