एआई तालिम दिँदै आविष्कार केन्द्र, कसरी बन्ने सहभागी ?

भक्तपुर न्यूज

४ मंसिर २०८१ १२:४०

एआई तालिम दिँदै आविष्कार केन्द्र, कसरी बन्ने सहभागी ?

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रको पोखरास्थित आईसीटी इनोभसन ल्याबले एआईसँग सम्बन्धित अनलाइन तालिम दिने भएको छ । ​ओम्डेना नामक एआई कम्पनीसँग सहकार्य गर्दै ल्याबले ६ महिने लामो अनलाइन तालिम दिने भएको हो ।

तालिमपछि प्रशिक्षार्थीहरूले वास्तविक जीवनमा प्रयोग हुने विभिन्न परियोजनाहरूमा काम गर्न अवसर पाउने केन्द्रले जनाएको छ । केन्द्रका इन्जिनियर महिप केसीका अनुसार तालिमका सहभागीलाई एआई सम्बन्धी आधारभूत ज्ञान प्रदान गरिने छ ।

तालिममा सहभागी हुन ४५ डलर (करिब ६ हजार रुपैयाँ) तिर्नुपर्ने हुन्छ । तर सहभागी हुनेलाई पाइथनको आधारभूत ज्ञान हुनु पर्ने भने बताइएको छ । हालसम्म ५५ जना प्रशिक्षार्थीले तालिममा भाग लिइसकेको र तीमध्ये ३० जनाले परियोजनामा काम गरिरहेको केन्द्रले जनाएको छ ।

यसबारे +९७७ ९८१०३०७४५२ (ह्वाट्सएप) मा मेसेज गरी थप जानकारी लिन सकिने छ । तालिममा सहभागी हुन यहाँ क्लिक गरी फारम भर्नुहोस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *