युइएफए नेसन्स लिगमा क्रोसियासँग पोर्चुगल बराबरीमा
काठमाडौं । युइएफए नेसन्स लिगमा पोर्चुगल बराबरीमा रोकिएको छ। सोमबार राती भएको खेलमा पोर्चुगल घरेलु टोली क्रोसियासँग १-१ गोलको बराबरीमा रोकिएको हो। पोर्चुगलका लागि खेलको ३३औँ मिनेटमा जोआओ फेलिक्सले शुरुआती अग्रता दिलाएका थिए। यता, क्रोसियाका लागि जोसका ग्भार्डिओलले खेलको ६५औँ मिनेटमा बराबरी गोल गरे।
यस खेलमा पोर्चुगलले क्रिस्टियानो रोनाल्डो लगायत सिनियर खेलाडीलाई विश्राम दिएको थियो। जितसँगै पोर्चुगल समूह ए मा शीर्ष स्थानमा रहँदै नेसन्स लिगको क्वाटरफाइनलमा पुगेको छ। त्यस्तै क्रोसिया भने दोस्रो हुँदै क्वाटरफाइनलमा पुगेको छ। क्रोसियाको ६ खेलमा ८ अंक रहेको छ। त्यस्तै यस समुहबाट स्कटल्याण्ड ७ अंकसहित तेस्रो रहँदा रेलिगेसन प्लेअफ खेल्ने भएको छ भने पोल्याण्ड ४ अंकसहित चौथो हुँदै नेसन्स लिग बी मा रेलिगेट भएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६