काठमाडौं गुर्खाजको जर्सी सार्वजनिक

भक्तपुर न्यूज

३ मंसिर २०८१ ११:५४

काठमाडौं गुर्खाजको जर्सी सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली काठमाडौं गुर्खाजले आफ्नो जर्सी सार्वजनिक गरेको छ । गुर्खाजले आइतबार राति आफ्नो जर्सी सार्वजनिक गरेको हो । प्रवर्द्धक एवं पूर्वमिस नेपाल शृंखला खतिवडा, ‘मार्की’ खेलाडी करण केसी, र गुर्खाजका एम्बासडर इन्दुले जर्सी सार्वजनिक गरेका हुन् ।

यस्तै, टोलीले नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । बर्माले एनपीएलका लागि नेपाली क्रिकेट उत्साहित रहेको र भविष्यमा महिला क्रिकेटको पनि फ्रेन्चाइज लिग आयोजना हुने विश्वास व्यक्त गरिन् ।

एनपीएलले नेपालका प्रशिक्षक र खेलाडीलाई विश्वमा प्रदर्शन गर्ने अवसर पाएको क्यानका सचिव पारस खड्काले बताए । पञ्चेबाजा बजाएर,नृत्य प्रस्तुतिसँगै लाखे नृत्यसहित कार्यक्रम संगीतमय बनाएको थियो । कार्यक्रममा काठमाडौं गुर्खाजको प्रमुख प्रायोजकका रुपमा बीवाईडी मोटरलाई सार्वजनिक गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *