हालान्डको ह्याट्रिकमा नर्वेको सहज जित हासिल
काठमाडौं । स्टार फरवार्ड एर्लिङ हालान्डको ह्याट्रिकसँगै नर्वे युइएफए नेसन्स लिगमा सहज जित हासिल गरेको छ। उलेभालमा आइतबार राति भएको खेलमा नर्वेले काजाखास्तानलाई ५–० ले पराजित गरेको हो। जितसँगै ६ खेलबाट १३ अंक जाडेको नर्वे समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ।
हालान्डले पहिलो हाफको २३ र ३७औँ मिनेटमा गोल गर्दै नर्वेलाई सुरुआती अग्रता दिलाएका थिए। ४१औँ मिनेटमा सोर्लोथले अर्को गोल थपेपछि नर्वेले ३–० को अग्रता बनायो। ७१औँ मिनेटमा हालान्डले ह्याट्रिक पूरा गरे। योसँगै हालान्ड सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्। उनले आफ्नो गोल संख्या सातमा पुर्याएका छन्। यस्तै उनले नेसन्स लिग आफ्नो कुल गोल संख्या १९ पुर्याएका छन्। त्यसपछि ६७औं मिनेटमा एन्टोनियो नुसाले अर्को गोल थप्दै नर्वेलाई ५–० को सहज जित दिलाए।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६