उपनिर्वाचनमा बालेन पक्षले उम्मेदवारी पनि नदिने समर्थन पनि नगर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह समर्थित समूहले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा आफ्ना कुनै उम्मेदवार नभएको र समूहले कसै पनि समर्थन नगर्ने जनाएको छ ।
उपनिर्वाचनमा बालेन समूहको दृष्टिकोण के रहने हो भन्ने जिज्ञासा रहेका बेला यससम्बन्धी स्थिति स्पष्ट पार्दै बालेनको सचिवालयले उम्मेदवारी नरहने जनाएको हो ।
काठमाडौं र अन्यत्रका उपनिर्वाचनमा बालेन पक्षले कसैलाई उम्मेदवार बनाउँछन् कि बनाउँदैनन्, कसैलाई समर्थन गर्छन् कि गर्दैनन् भन्ने पनि चासो थियो ।
काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा पनि अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
