एमालेको सूर्यविनायक नगर अधिवेशन मंसिर १ मा
भक्तपुर । नेकपा (एमाले) सूर्यविनायक नगर कमिटीको दोस्रो अधिवेशन आगामी मंसिर १ गते हुने भएको छ । बुधबार जिल्ला पार्टी कार्यालय भक्तपुरमा पत्रकार सम्मेलन गर्दै नगर अध्यक्ष रविन्द्र सापकोटाले सो कुराको जानकारी दिए ।
उनले अधिवेशनको लागि वडा, जनवर्गीय संगठनबाट प्रतिनिधि चयन भईसकेको बताए । अधिवेशनमा १० वटाबाट १४५ जना, आयोजक ७१ जना, ११ वटा जनवर्गीय संगठनबाट एक/एक गरी ११ जना प्रतिनिधिसहित जम्मा २२७ जना प्रतिनिधि र विधान बमोजिम ५ प्रतिशत मनोनित ११ जना गरी कुल २३८ जना प्रतिनिधि रहने छन् ।
अधिवेशनको पार्टीका केन्द्रीय महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहपछि बन्दसत्रका कार्यक्रम सञ्चालन हुने छ ।
अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष र सचिव १/१ जना, उपसचिव २ जनासहित नयाँ कार्यसमिति चयन हुनेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
