टोटेनह्याम पराजित, आर्सनल चेल्सीसँग रोकियो
काठमाडौं । ब्रुनो फर्नान्डेसले म्यानचेस्टर युनाइटेडका लागि आफ्नो २५० औं खेललाई सम्झनलायक बनाउँदै उत्कृष्ट प्रदर्शन गरे। अन्तरिम प्रशिक्षकको सफल भूमिकाका साथ रुड भ्यान निसटेलरोयले अन्तिम खेलमा जित निकाल्न सफल भए। अन्तरिम प्रशिक्षकको रुपमा आफ्नो अन्तिम खेलमा युनाइटेडलाई लेस्टर विरुद्ध ३-० को जित दिलाउन सफल भए।
फर्नान्डेसले पहिलो गोल गरेका थिए र दोस्रो गोलमा पनि उनको योगदान थियो, तर भिक्टर क्रिस्टियानसेनको आत्मघाती गोलको रूपमा युनाइटेडले २-० को अग्रता बनायो। त्यसपछि उनले एलेजान्ड्रो गार्नाचोलाई तेस्रो उत्कृष्ट गोलका लागि पास मिलाउँदै टिमको सहज जित पक्का गरे।युनाइटेडले एरिक टेन हागको बर्खास्ती पछि चार खेलमा तेस्रो जित हासिल गरेको छ।
त्यस्तै अर्को खेलमा चेल्सीले आफ्नो घरेलु मैदानमा आर्सनल सँग अङ्क खोस्न सफल भयो। पेड्रो नेटोले उत्कृष्ट बराबरी गोल गर्दै चेल्सी र आर्सेनलबिचको स्टामफोर्ड बिचको भिडन्त १-१ गोलको बराबरीमा सकियो। रोचक खेलमा प्रिमियर लिगका शीर्ष स्थानमा रहेको लिभरपुलसँगको अंकको दूरी घटाउने मौका दुबै टिमले गुमाए।
नतिजासँगै दुवै टोली समान १९ अङ्कमा बनाएर अङ्क तालिकाको तेस्रो र चौंथो स्थानमा छन्। तर उनीहरु शीर्ष स्थानको लिभरपुल भन्दा ९ अङ्क पछि छन्। आर्सनलको यो सबै प्रतियोगितामा गरी पाँच खेलको जितविहीन यात्रा हो।
खेलमा चेल्सी विरुद्ध आर्सनलले गाब्रियल मार्टिनेलीको गोलमार्फात अग्रता बनाएको थियो। रिटर्निङ मार्टिन ओडेगार्डको क्रसलाई नियन्त्रणमा लिँदै मार्टिनेलीले ६० औं मिनेटमा टोलीलाइ अग्रता दिलाए। तर चेल्सीको १० मिनेट पछिनै बराबरी गोल फर्कायो। पेड्रो नेटोले ७० औं मिनेटमा बराबरी गोल गरेका थिए। चेल्सीले खेलेका पछिल्ला १० खेलमध्ये एक खेलमा मात्र हारेको छ। अहिले चेल्सी निकै राम्रो लयमा देखिएको छ।
प्रिमियर लिगमा लगातार खराब अबस्थामा रहेको टोटेनह्याम भने इप्सविच टाउनसँग २-१ ले स्तब्ध बन्यो। इप्सविचले पहिलो हाफमा गरेको दुई गोलको अग्रतानै टोटेनह्यामलाई हराउन पर्याप्त बन्यो। टोटेनह्यामको यो प्रिमियर लिगमा पाँचौं हार हो। अङ्क तालिकामा टोटेनह्याम १० औं स्थानमा रहेको छ।