भक्तपुरमा एक हजार ७ सय २९ जना संक्रमित
भक्तपुर । भक्तपुरमा एक हजार ७ सय २९ जनामा डेंगी संक्रमण देखिएको छ । जनस्वास्थ्य कार्यालय भक्तपुरले पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो ।
भक्तपुरमा शुक्रबारसम्ममा सबैभन्दा धेरै भक्तपुर नगरपालिकामा ७ सय ८२, मध्यपुर थिमीमा ४ सय ७७, सुर्यविनायकमा २ सय २५, चाँगु नारायणमा ६९ तथा जिल्ला बाहिरका एक सय ७६ जनामा डेंगी संक्रमण देखिएको कार्यालय प्रमुख शान्तिराम खतिवडाले बताए । उनले भने, ‘जिल्लाका निजि तथा अन्य स्वास्थ्य संस्थाहरुले डेंगीको आधिकारीक विवरण नै नदिएकाले यस तथ्याँकको तीन गुण सम्ममा डेंगी संक्रमण हुन सक्छ ।’
उनले डेंगी सम्वन्धी जनस्तरमा सचेनताको कमीले पछिल्लो समय भक्तपुर डेंगी रोग फैलिएको बताए ।
कार्यक्रममा कार्यालयले गत आर्थिक वर्षमा गरेका र आगामी आर्थिक वर्षमा गरिने कार्यक्रमको जानकारी समेत दिइएको थियो ।

प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
