बङ्लादेशले अफगानिस्तानलाई ६८ रनले हरायो

भक्तपुर न्यूज

२५ कार्तिक २०८१ १३:२६

बङ्लादेशले अफगानिस्तानलाई ६८ रनले हरायो

काठमाडौं । दोश्रो एकदिवशीय क्रिकेटमा बङ्लादेशले अफगानिस्तानलाई ६८ रनले हराएको छ । बङ्गलादेशले दिएको दुई सय ५३ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३ ओभर तीन बलमा एक सय ८४ रनमा आलआउट भयो ।

अफगानिस्तानका लागि रहमत साहले सर्वाधिक ५२ रन बनाए । बङ्गलादेशका नसुम अहमदले तीन विकेट तथा मेहदी हसन मिराज र मुस्ताफिजुर रहमानले समान दुई विकेट लिए । त्यसअघि युएईको शारजहाँमा टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ७२ रन बनाएको थियो ।

बङ्गलादेशका लागि कप्तान नजमुल हुसेन शान्तोले सर्वाधिक ७६ रन बनाए । अफगानिस्तानका नङ्गेलिया खरोटेले तीन विकेट तथा एएम गजन्फर र राशिद खानले समान दुई विकेट लिए । यो जीतसँगै तीन खेलको एकदिवशीय शृङ्खला १–१ को बराबरी भएको छ । अब दुई देशबीचको तेश्रो तथा निर्णायक एकदिवशीय खेल भोलि हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *