वेस्ट इन्डिजसँगको टी–२० शृङ्खलामा इङ्ल्यान्ड ८ विकेटले विजयी

भक्तपुर न्यूज

२५ कार्तिक २०८१ १२:०३

वेस्ट इन्डिजसँगको टी–२० शृङ्खलामा इङ्ल्यान्ड ८ विकेटले विजयी

काठमाडौं । वेस्ट इन्डिजसँगको पहिलो टी–२० शृङ्खलामा इङ्ल्यान्ड आठ विकेटले विजयी भएको छ । घरेलु टोली वेस्ट इन्डिजले दिएको एक सय ८३ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६ ओभर चार बलमा दुई विकेट गुमाएर भेट्टायो ।

इङ्ल्यान्डको जीतमा फिल साल्टले अविजित एक सय तीन र याकूब बेथेलले अविजित ५८ रन बनाए । वेस्ट इन्डिजका गुडाकेश मोती र रोमारियो शेफर्डले समान एक विकेट लिए । त्यसअघि त्यसअघि ब्रीजटाउनमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ८२ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि निकोलस पुरनले सर्वाधिक ३८ रन बनाए । इङ्ल्यान्डका साकिब महमूदले चार र आदिल रशीदले तीन विकेट लिए । यो जीतसँगै इङ्ल्यान्डले पाँच खेलको टी–२० शृङ्खलामा १–० को अग्रता बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *