कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पार्टी सदस्यबाट निलम्बन
काठमाडौं । नेकपा (एमाले) कोशी प्रदेश समितिले कोशी प्रदेशका सांसद तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री रहँदा पदको दुरुपयोग गरी मानव तस्करीमा संलग्न भएको आरोप लागेपछि पार्टी प्रदेश कमिटीले अधिकारीलाई सङ्गठित सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो।
एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले शनिबार विज्ञप्ति जारी गर्दै अधिकारीलाई निलम्बन गरिएको जानकारी गराएको हो। मानव तस्करीमा संलग्न भएको आरोप लागेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तत्काल पदबाट राजीनामा गर्न निर्देशन दिएको थियो।लगतै मन्त्री पदबाट राजीनामा दिएका अधिकारीले आफूले प्रहरीलाई सहयोग गरेको तर उक्त गिरोहमा संलग्न नरहेको जिकिर गर्दै आएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
