एमबाप्पेले फ्रेन्च राष्ट्रिय टोलीबाट पाए केही समयका लागि विश्राम

भक्तपुर न्यूज

२३ कार्तिक २०८१ ११:१७

एमबाप्पेले फ्रेन्च राष्ट्रिय टोलीबाट पाए केही समयका लागि विश्राम

काठमाडौं । नियमित कप्तान केलियन एमबाप्पेले फ्रेन्च राष्ट्रिय टोलीबाट केही समयका लागि विश्राम पाएका छन् । यूईएफए नेसन्स लिगअन्तर्गत इजरायल र इटालीविरुद्धका खेल उनले नखेल्ने निश्चित भएको हो ।

फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले २३ सदस्यीय टोलीको सूचीमा २५ वर्षीय एमबाप्पेको नाम समावेश गरेका छैनन् । एमबाप्पे चोटमुक्त भए पनि जोखिम लिन नचाहेर टोलीमा समावेश नगरेको डेसच्याम्पले बताएका छन् ।

फ्रान्सले नोभेम्बर १४ मा इजरायल र त्यसको चार दिनपछि इटालीको सामना गर्नेछ । एमबाप्पे फ्रेन्च राष्ट्रिय टोलीका प्रमुख हतियार हुन् । उनको अनुपस्थितिले टोलीको प्रदर्शनमा असर पर्ने सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *