नेपालको लगातार दोस्रो जित, कुवेत २२ रनमै ‘अलआउट’

भक्तपुर न्यूज

२२ कार्तिक २०८१ १४:३२

नेपालको लगातार दोस्रो जित, कुवेत २२ रनमै ‘अलआउट’

काठमाडौं । यु-१९ टी-२० विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतलाई १ सय ८ रनले पराजित गरेको छ। नेपालले दिएको १ सय ३१ रनको लक्ष्य पर्याएको कुवेत १३ ओभरमा २२ रन बनाउँदा अलआउट भयो।

कुवेतका लागि जिफा जिलानीले १२ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन्। उसका ६ ब्याटर शून्य रनमा आउट भएका थिए। नेपालका लागि रचनाकुमारी चौधरी र सिमा केसीले २-२ विकेट लिंदा पुजा महतो, कृष्मा गुरुङ र मनिषा कुमारी उपाध्यायले समान १-१ विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो। युएइको अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि पुजा महतोले सर्वाधिक ३४ रन बनाउँदा सना प्रभिनले २५ रन बनाएकी थिइन्। त्यस्तै ज्योतिषनीका मरासीनीले २३ रन बनाउँदा अलिसा कुमारी यादवले १५ रन बनाइन्।अलिसा कुमारी यादवले १५ रन बनाएकी थिइन्।

कुवेतका लागि आयशा इकबाल पेवाकरले २ विकेट लिँदा जेफा जिलनी र अमिसा राम ओलाचेरीले समान १-१ विकेट लिए। यसअघि नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको थियो। पहिलो खेलमा थाइल्यान्डलाई हराएको नेपालको यो लगातार दोस्रो जित हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *