कुवेतलाई नेपालले दियाे १३१ रनको लक्ष्य

भक्तपुर न्यूज

२२ कार्तिक २०८१ १३:२०

कुवेतलाई नेपालले दियाे १३१ रनको लक्ष्य

काठमाडौं । यु-१९ टी-२० विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको आफ्नो दोस्रो खेलमा नेपालले कुवेत समक्ष १ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ। पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनायो।

युएइको अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि पूजा महतोले सर्वाधिक ३४ रन बनाउँदा सना प्रभिनले २५ रन बनाएकी थिइन्। त्यस्तै ज्योतिषनीका मरासीनीले २३ रन बनाउँदा अलिसाकुमारी यादवले १५ रन बनाइन्।

कुवेतका लागि आयशा इकबाल पेवाकरले २ विकेट लिँदा जेफा जिलनी र अमिसा राम ओलाचेरीले समान १-१ विकेट लिए। यसअघि नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको थियो। पहिलो खेलमा थाइल्यान्डलाई हराएको नेपालले दोस्रो खेलमा लगातार जितको लक्ष्यसहित मैदान उत्रिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *