नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

भक्तपुर न्यूज

२२ कार्तिक २०८१ १२:४८

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा सिरिज खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ ।

टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का सदस्य दिवाकर घलेले स्वागत गरे । क्यानडा र अमेरिकामा नेपालले लिग टुमा ८ खेल खेल्दा जम्मा १ खेल जितेको थियो भने ५ खेलमा हार बेहोर्‍यो । दुई खेल वर्षाका कारण रद्ध भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *