च्याम्पियन्स लिगमा बार्सिलोना, बार्यन, इन्टर मिलान र एटलान्टा विजयी
काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले क्रेभेना जेभेज्दालाई हराएको छ । बिहान भएको खेलमा बार्सिलोना ५–२ गोलले विजयी भयो । जीतसँगै बार्सिलोनाको ४ खेलमा ९ अङ्क भएको छ ।
अर्को खेलमा बार्यन म्युनिखले बेनिफिकालाई र इन्टर मिलानले आर्सनललाई १–० गोलले पराजित गरेको छ । त्यस्तै एटलान्टाले भीएफबी स्टुटगार्टलाई २–० ले गोलले हराएको छ ।
अरु खेलमा साख्तर डोनेत्स्कले योङ्ग ब्वाइजलाई २–१ ले गोलले, आरबी साल्जबर्गले फिएनोडलाई ३–१ ले गोलले, एथ्लेटिको मड्रिडले पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई २–१ ले र ब्रिस्टले स्पार्टा प्राहालाई २–१ ले पराजित गरेको छ ।
हिजोको खेलमा क्लब बरुग्गीले एस्टन भिल्लालाई १–० ले हराएको छ । च्याम्पियन्स लिगमा लिभरपुल ४ खेलमा १२ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै स्पोर्टिङ सीपी दोस्रो र मोनाको तेस्रो स्थानमा छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६