स्कटल्याण्डका बलर क्रिस सोल विराटनगर किंग्समा अनुबन्ध
काठमाडौं । स्कटल्याण्डका पेस बलर क्रिस सोल नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्समा अनुबन्ध भएका छन् । हिजो विराटनगरले सोललाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो ।
सोलले स्कटल्याण्डको उमेर समूह, स्कटल्याण्ड ‘ए’टिम हुँदै अहिले राष्ट्रिय टिमबाट खेलिरहेका छन् । उनले स्कटल्याण्डका लागि १७ टी–२० एकदिवसीय खेल्दै १५ विकेट लिएका छन् भने ३१ एकदिवसीय खेलेका छन् ।
यसअघि उनलाई जुन महिनामा इंग्ल्याण्डको टी–२० क्रिकेट भाइटालिटी ब्लास्टका लागि ग्लामोर्गनले अनुबन्ध गरेको थियो । सोल विराटनगरले अनुबन्ध गरेको चौथो विदेशी खेलाडी हुन् । यसअघि विराटनगरले न्युजिल्याण्डका स्टार ब्याटर मार्टिन गप्टिल, ओमानका कप्तान तथा अलराउण्डर अकिब इल्यास र क्यानडाका कप्तान निकोलस किर्टोनलाई अनुबन्ध गरिसकेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६