आइसिसी क्रिकेट लिग–२ : स्कटल्यान्ड र नेपालबीचको खेल वर्षाले रद्द

भक्तपुर न्यूज

२० कार्तिक २०८१ १२:२७

आइसिसी क्रिकेट लिग–२ : स्कटल्यान्ड र नेपालबीचको खेल वर्षाले रद्द

काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्यान्ड र नेपालबीचको खेल वर्षाले रद्द भएपछि एक–एक अंक बाँडेको छ।

अमेरिकाको डालसस्थित ग्राउण्ड प्रेरी क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १ ओभरमा २ रन बनाएपछि वर्षा भएको थियो । नेपालले ६ ओभरको खेलमा १ विकेट गुमाउँदै २६ रन बनाएपछि पुनः भएको वर्षाका कारण खेल रोकिएको थियो ।

शृंखलाअन्तर्गत स्कटल्यान्डसँग भएको पहिलो खेलमा नेपाल विजयी भएको थियो। यो शृङ्खलामा नेपालले दुई हार र एक जितको नतिजा निकाल्यो। घरेलु टोलीसँग भएका दुवै खेलमा नेपाल पराजित भएको थियो।

१२ खेलबाट ६ अंक भएको नेपाल अंक तालिकाको सातौँ स्थानमा छ। आठौँ तथा अन्तिम स्थानमा रहेको युएईको ९ खेलबाट ४ अंक छ। १२ खेलपछि अमेरिका र क्यानडा दुवैको समान १६ अंक छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *