श्रीलंकाका लाहिरू मिलान्था जनकपुर बोल्ट्समा

भक्तपुर न्यूज

२० कार्तिक २०८१ ११:४२

श्रीलंकाका लाहिरू मिलान्था जनकपुर बोल्ट्समा

काठमाडौं । श्रीलंकाका अमेरिकन क्रिकेटर लाहिरु मिलान्थाले जनकपुर बोल्ट्सबाट मंसिर १५ गतेदेखि काठमाडौँमा हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा खेल्ने भएका छन्। एक समय श्रीलंका ‘ए’ र श्रीलंकाको इमर्जिङ टोलीबाट खेलेका मिलान्था नेपाली भूमिसँग परिचित छन्।

नेपाल क्रिकेट संघले दुई वर्षअघि आयोजना गरेको नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टारबाट खेलेका थिए। अल स्टार टोलीलाई विजयी बनाउने क्रममा मिलान्थाले १२२ माथिको स्ट्राइक रेटमा ३ सय ४९ रन बनाएका थिए। उनी सो प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा थिए। मिलान्थाले फाइनलमा २८ बलमा सर्वाधिक ४१ रन बनाएका थिए।

आउँदो एनपीएलका लागि ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको जनकपुर बोल्ट्समा अनुबन्ध हुने मिलान्था चौथो विदेशी खेलाडी हुन्। बोल्ट्सले यसअघि नै न्युजिल्यान्डका प्रसिद्ध क्रिकेटर जिमी निसमलाई अनुबन्ध गरिसकेका छन्। बोल्ट्सका अर्का दुई विदेशी खेलाडीमा जोशुआ ट्रम्प र मोहम्मद मोहसनी छन्।

लाहिरुजस्तै ट्रम्प र मोहसिन पनि अमेरिकन बेस क्रिकेटर हुन्। आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायके र प्रशिक्षकमा मनोज कटुवाल रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *