आज नेपालले स्कटल्यान्डसँग खेल्दै

भक्तपुर न्यूज

१९ कार्तिक २०८१ ११:५२

आज नेपालले स्कटल्यान्डसँग खेल्दै

काठमाडौं । आइसिसी मेन्स क्रिकेट वर्ल्ड कप लिग-२ मा आज नेपालले स्कटल्यान्डसँग खेल्दैछ। अमेरिकामा जारी खेल नेपाली समय अनुसार सोमबार राति सवा १० बजेदेखि सुरू हुँदैछ। यसअघि आइतबार बिहान सकिएको खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको थियो।

अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याउनेक्रममा एक बल बाँकी हुँदा नेपालले २४४ रन बनाएको थियो। त्यसअघि गत बुधबार स्कटल्यान्डविरूद्ध भएको खेललमा नेपालले ५ विकेटले जित हात पारेको थियो। लिग-२ मा नेपालले लगातार सात खेल हार व्यहोरेपछि जीत निकालेको हो।

अमेरिकाविरूद्ध भएको पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो। नेपाल लिग-२को सातौ स्थानमा छ। अन्तिममा युएई छ भने पहिलो स्थानमा अमेरिका छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *