काठमाडौं महानगरद्वारा नेपाली टोलीलाई २५ लाख नगद पुरस्कारसहित सम्मान

भक्तपुर न्यूज

१५ कार्तिक २०८१ ११:३०

काठमाडौं महानगरद्वारा नेपाली टोलीलाई २५ लाख नगद पुरस्कारसहित सम्मान

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ मा उपविजेता बनेको नेपाली महिला टोलीलाई काठमाडौं महानगरपालिकाले गए राति नै नगद पुरस्कारसहित सम्मान गरेको छ । महानगरले टोलीका हरेक खेलाडीलाई जनही एक लाख रुपैयाँ, प्रशिक्षक, टिम ब्यवस्थापक, फिजियोलगायतलाई गरी कूल २७ लाख ५० हजार रुपैयाँ पुरस्कारबाट सम्मान गरेको हो ।

खेलाडीलाई उनीहरु बसेको होटल सोल्टीमै पुगेर महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलले नगद पुरस्कार र सम्मान पत्रबाट सम्मान गरे । राति खेल सकेर होटल पुग्नासाथ खेलाडी महानगरको सम्मानमा सामेल भएका थिए । सम्मान कार्यक्रममा बालेनले फाइनल खेल दशरथ रङ्गशालामै आएर हेर्दा नर्मस भइने डरले आफुले घरमै बसेर हेरेको पनि बताएको छ ।

महानगरले दर्शकको चापलाई ध्यानमा राखेर बुधवार साँझ काठमाडौंको टुँडिखेल, चाबहिलको फुटबल ग्राउन्ड र हाँडीगाउँको सानो गौचरणको मैदानमा एलइडी स्क्रिनबाट महिला फाइलन खेलको प्रत्यक्ष प्रसारण हेर्ने अवसर दिएको थियो ।

‘फाइनलमा हामी बङ्गलादेशभन्दा कम थिएनौँ एउटै कर्नरको गोलले पछि परिएको हो । हारले जित्न सिकाउँछ । हामी सबै नेपालीलाई तपाईहरुले खुशी दिएको छ । त्यो नै जित हो,’ बालेनले भने ।

उपप्रमुख डंगोलले हरेक हारले जित्न सिकाउने भन्दै खेलाडीलाई अर्को पटक जित्न शुभकामना दिए । जसअनुसार टुँडिखेलमा २० हजार, हाँडीगाउँमा पाँच हजार र चाबहिलमा सात हजार दर्शकले फाइनल खेल हेरेको पनि महानगरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *