महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दिए राजीनामा

भक्तपुर न्यूज

१५ कार्तिक २०८१ ११:२४

महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दिए राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन् । हिजो बुधवार साफ च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग पराजित भएसँगै मुख्य प्रशिक्षक तामाङले पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

तामाङकै प्रशिक्षणमा गएको फागुनमा साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा नेपाली महिला टोली फाइनलमा पुगेको थियो । त्यतिबला पनि नेपाल फाइनलमा जोर्डनसँग पराजित भएको थियो । उनको प्रशिक्षणमा साफ पनि हारेको हो । तामाङले अब आफूले क्लब फुटबलको प्रशिक्षण सम्हाल्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *