तिहारमा पहाडी भेगका केही ठाउँमा सामान्य वर्षाकाे सम्भावना

भक्तपुर न्यूज

१४ कार्तिक २०८१ १६:०४

तिहारमा पहाडी भेगका केही ठाउँमा सामान्य वर्षाकाे सम्भावना

काठमाडौं । तिहारका मुख्य दिनमा कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले तिहार विशेष मौसम बुलेटिन निकालेर तिहारको मुख्य दिन भोलिदेखि १९ गते भाइटीकाको दिनसम्म केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको जनाकारी गराएको हो । उच्च पहाडी भेगका केही ठाउँमा सामान्य हिमपातको सम्भावना पनि छ । बाँकी ठाउँमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ ।

समग्रमा धेरैजसो ठाउँको मौसम सफा रहने छ । तापक्रम भने घट्दो क्रममा रहने महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय