तीन जना अन्तरिक्षयात्री बोकेर चिनियाँ यान अन्तरिक्षमा

भक्तपुर न्यूज

१४ कार्तिक २०८१ १५:४४

तीन जना अन्तरिक्षयात्री बोकेर चिनियाँ यान अन्तरिक्षमा

काठमाडौं । तीन जना अन्तरिक्षयात्री बोकेर चिनियाँ अन्तरिक्षयान अन्तरिक्षमा पुगेको छ । ६ घण्टाभन्दा बढी समयको यात्रापछि शेन्चाउ १९ अन्तरिक्ष स्टेशनमा पुगेको बीबीसीले जनाएको छ । तीन जना अन्तरिक्षयात्रीमध्ये एक जना चीनकी पहिलो महिला अन्तरिक्ष इन्जिनियर र एक जना चीनको अहिलेसम्मकै कान्छा अन्तरिक्षयात्री हुन् ।

उनीहरू अबको ६ महिना अन्तरिक्ष स्टेशनमा बस्नेछन् । चीनको आफ्नै अन्तरिक्ष स्टेशन छ । चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानिस पुर्‍याउने गरी काम गरिरहेको छ । चीनले अन्तरिक्षमा प्रभुत्व जमाउन प्रयास गरिरहेको छ ।

दुई वर्षअघि मात्रै चिनियाँ राष्ट्रपति सी जिनपिङले अन्तरिक्षको अन्वेषण, स्पेस उद्योगको विकास र चीनको आफ्नै अन्तरिक्ष ताकतको निर्माण गर्ने घोषणा गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय