सेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्ब ९५ करोडको कारोबार
काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १४ दशमलव ४३ अंकले घटेर २६७७ दशमलव ६२ को विन्दुमा पुगेको छ ।
बुधबार ३०५ कम्पनीका ५९ हजार ६ सय ९८ पटकको कारोबारमा १ करोड २० लाख ६९ हजार ८ सय ७८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ९५ करोड ३९ लाख ५० हजार रुपैयाँ रहेको छ ।
आज ७५ कम्पनीको सेयर मूल्य बढ्दा १६४ वटाको घटेको छ भने पाँच कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये होटेल, पर्यटन, निर्जीवन बीमा र व्यापार कम्पनी बढ्दा अन्य घटेका छन् । आज सीइडीबी हाइड्रोपावरमा लगानीकर्ता झुम्मिएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
