फर्स्ट माइक्रोफाइनान्सले सेयर धनीलाई ९ प्रतिशत बोनस दिने

भक्तपुर न्यूज

१४ कार्तिक २०८१ १२:११

फर्स्ट माइक्रोफाइनान्सले सेयर धनीलाई ९ प्रतिशत बोनस दिने

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । बुधवार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०ं४७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपछि वितरण हुने उल्लेख गरिएको छ । आज बसेको सञ्चालक समितिको बैठकले लघुवित्तका प्रमुख कार्यकारी अधिकृत नुमनाथ पौडेललाई पुन नियुक्ति गरेको छ । कात्तिक १६ गतेदेखि लागु हुनेगरी उनको कार्यकाल ४ वर्षको हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *