फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको संख्या एक सय नाघ्यो
काठमाडौं । फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण मृत्यु हुनेको संख्या एक सय नाघेको उद्धारकर्मीले आइतबार बताएका छन् ।
आँधीपछि आत्तिएर एउटा तालमा हाम फालेका दर्जनौं मानिस अझै हराइरहेका छन् भने उनीहरूको खोजी भइरहेको छ । अक्टोबर २४ मा फिलिपिन्समा आएको ‘ट्रामी’ यस वर्षको सबैभन्दा घातक आँधीमध्ये एक थियो ।
राष्ट्रिय विपद् निकायका अनुसार भूकम्पका कारण पाँच लाखभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् भने कम्तीमा ३६ जना हराइरहेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
